मोटरसाइकल अनियन्त्रित भई रोकि राखेको ट्रकमा ठोक्किँदा कुजैहाङको ज्या न गयो — OSNepal

मोटरसाइकल अनियन्त्रित भई रोकि राखेको ट्रकमा ठोक्किँदा कुजैहाङको ज्या न गयो

LC (KTM) May 13, 2021 0

झापा-झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृ त्यु भएको छ । बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा६३प २७९० नंको मोटरसाइकल आफँै अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बूको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकामा उपचारका क्रममा राति नै मृ त्यु भएको प्रहरीले जनाएको छ ।

डिसीसीएमसी आर्थिक सङ्कटमा, काम गर्न मुस्किल

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र आर्थिक सङ्कट हुँदा काम गर्न मुस्किल भएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका आइसोलेशन अनुगमन, निरीक्षण गर्नका लागि प्रयोग गर्नुपर्ने यातायातका साधन र सुरक्षा सामग्री नहुँदा काम गर्न मुस्किल भएको डिसीसीएमसीे जनाएको छ ।सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन पुराना भएकाले मर्मत तथा भाडामा लिनुपर्ने देखिएकाले डिसीसीएमसी बजेट नहँुँदा काम गर्न समस्या भएकाले प्रदेश सरकारसँग बजेट माग गरिएको छ । सुरक्षा निकायले प्रयोग गरिरहेका यातायातका साधन पुराना भएकाले छिटोछरितो काम गर्नका लागि मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको डिसीसीएमसीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर