काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’मा जोडिएकी छन् । फिल्ममा आँचल शर्मा र आशिर्वाद बरालको प्रमुख भूमिका छ । अब फिल्ममा केकीको पनि मुख्य भुमिका रहने बताइएको छ ।
चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् । उनी अझै डेढ साता छायांकनमा व्यस्त हुने बताइएको छ । निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् ।
आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपानेले फिल्म निर्माण गर्न लागेका हुन् ।विकासराज आचार्यको निर्देशनमा छायांकन भइरहेको फिल्मलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना रहेको छ ।