शानदार मतका साथ बाग्लुङबाट उदाउँदै कांग्रेस युवा नेता डिल्लीराम सुबेदी, भन्छन् 'बाजी मार्नेमा ढुक्क छु' — OSNepal

शानदार मतका साथ बाग्लुङबाट उदाउँदै कांग्रेस युवा नेता डिल्लीराम सुबेदी, भन्छन् ‘बाजी मार्नेमा ढुक्क छु’

LC (KTM) November 16, 2022 0

काठमाडौं । आसन्न निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा ब्यस्त रहेका छन् । नेपाली कांग्रेसका युवा नेता डिल्लीराम सुबेदी बाग्लुङ–१ प्रदेश सभा (ख)बाट चुनावी मैदानमा उत्रिएका छन् । सुबेदीलाई गठबन्धनको साथ रहेको छ ।

यहि क्षेत्रबाट एकताका कांग्रेससँगै रहेर काम गरेका तर हाल एमालेका तर्फबाट उम्मेदवार बनेका नवराज पौडेल, सुबेदीको प्रतिष्पर्धीको रुपमा चुनावी मैदानमा होमिएका छन् । दुवै जनाबीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ । यहाँ उही डिल्लीराम सुवेदीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

तपाईलाईं बौद्धिक उम्मेद्धवार भन्छन् । पहिलो पटक निर्वाचनको प्रतिष्पर्धा गर्दाको अनुभव कस्तो छ ?
पहिलो पटक निर्वाचनको प्रतिष्पर्धामा रहेको हुनाले एकदमै उत्साहजनक छ । बाग्लुङको दक्षिणी क्षेत्रका बिकट गाउँहरुमा पुगेको छु । धानबाली थन्क्याईरहेका किसानलाई खेतबारीमै पुगेर भेटिरहदा उहाहरुले सकरात्मक प्रतिक्रिया दिनु भएको छ । उहाहरुले पहिला पहिलाका उम्मेद्धारहरु जस्तो चुनावका बेलामा मात्रै आउने नगर्नु , तिमी योग्य र काबिल छौ । चुनाव पछि हराउने नगर्नु भन्नुभएको छ । यो कुरालाई मैले हृदयमा लिएर फर्किएको छु ।

चुनावी माहोलमा सबैले मराम्रो भन्छन्, अरू उम्मेदवारहरूभन्दा तपाईं कसरी फरक ?
यो तुलना गर्ने कुरा त जनताको हो । तर पनि जनताका माझ पुगिरहँदा भेटिरहँदा हामीले कुनै झुटा आश्वासन दिएका छैनौ । प्रदेश सांसदको काम कर्तब्य अधिकारको बिषयमा संबिधानले निर्दिष्ट गरेका निती नियम भित्र रहेर राजनीतिक मुल्यको आधारमा काम गर्ने प्रतिबद्धता रहेको छ ।

यसलाई समग्रमा भन्दा बिचारको दृष्टिकोणले ठीक ठाउँ उभिने , बिकासको ऐजेण्डाको दृष्टिकोणले जनताका बीचमा बनेका योजनाहरुलाई प्राथमिकता दिएर अबको १५ बर्षमा यो क्षेत्रलाई कहाँ पु¥याउने भन्ने स्पष्ट मार्गचित्र तथा गुरु योजना सहित अघि बढ्ने तथा नेतृत्वको दृष्टिकोणले पारदर्शीता सहित जनताकाबीचमा रमाउने उदेश्य बोकेर हामी हिँडेका छौ । यो प्रतिबद्धता लिएर आएको हुुनाले उहाहरुले रुचाउनु भएको छ ।

बाग्लुङका मतदाताले राष्ट्रिय राजनीतिमा पहुँच राख्ने ब्यक्ति खोजिरहेका छन् । मतदाताको यो चाहना पुरा होला त रु के छ बिश्वास गर्ने आधार ?
हाम्रो प्रतिनिधिसभामा राष्ट्रिय राजनीतिमा स्थापित जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी गठबन्धनका तर्फ बाट उम्मेद्धार हुनुहुन्छ । त्यस्तै हामी पनि नेपाल बिद्यार्थी संघको केन्द्रिय राजनीतिमा स्थापित भएर भुगोलमा काम गर्ने गरी समर्पित ढंगबाट आएको हुनाले राष्ट्रिय नेतृत्व संग गरेको सहकार्य तथा सम्बन्धका कारण पनि हामीले केन्द्रमा पहुँच राख्न सक्ने कुरामा जनता बिश्वस्त रहनु भएको छ ।

तपाईंका एजेण्डाहरु के–के छन् ?
हामीले भर्खरै सारेको प्रतिबद्धतामा पहिलो कुरा पहाडी भु–भागको शिर देखी कालिगण्डकीको तिर सम्म , थार देखी भिर सम्म हाम्रो भु–भागमा रहेको संभावनाहरुको ब्यवस्थित अध्ययन गरेर गुरु योजना बनाउँछौ । दोस्रो अलपत्र र असरल्ल रहेका निर्माणाधिन आयोजनाहरुको ब्यवस्थित ब्यवस्थापन गर्ने , त्यस्तै नयाँ संभावनाहरुको खोजी गर्दै गर्दा पहिलो प्राथमिकतामा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा रहनेछ । सार्वजनिक बिद्यालय सुधार, युवा उद्यमशिलता, कृषीको बजारीकरण लगायत सबै बिषयको प्याकेज सहितको योजना लिएर अघि बढेका छौ ।

तपाईको दलले टिकट नदिएपछि नवराज पौडेल एमालेमा जानु भो, के भन्नुहुन्छ उहाँलाई ?
मैले पार्टी छोडेको छैन । अफ्ठ्यारो त मलाई हैन उहालाई लाग्नु पर्ने हो । तर कुरा के हो भने उहालाई तथा मलाई अफ्ठयारो परेको भन्दा पनि आम जनताको दैलोमा जाँदै गर्दा उहाहरुले टिकट नपाएकै कारण अरु पार्टीमा जाने प्रबृति आज जनताले खोजेको प्रबृति हो त भनेर जनताले उल्टै मलाई प्रश्न सोधिरहनु भएको छ । मैले जनता जर्नादनहरु हो तपाईहरुले गर्ने निर्णय मलाई शिरोधार्य छ भनेको छु । यसमा अब मेरो खासै टीप्पणी छैन ।

भोलि परिणाम आएपछि गाउँ फर्किन के गर्नुहुन्छ ?
म त यही गाउँ कै माटोमा खेले हुकेर र बढेको मान्छे । मेरा मर्दाका मलामी र बिहेका जन्ती यहीँ छन् । परिणाम जे आएनी स्विकार्य छ । म त हिजो पनि यहीँ थिए भोली पनि यही माटोमा नै गाउँका बा आमा र मेरा मतदाताहरुकै काखमा रम्नेछु । आज बोले । भोली तपाई आउँदा पनि यहीँ भेटीन्छु ।

अन्त्यमा आफ्ना मतदाता ताथ विपक्षीहरुलाई के भन्न चाहानुहुन्छ ?
पहिलो कुरा तपाई जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ मंसिर ४ को निर्वाचन नेपाली लोकतन्त्रको रक्षा, प्राण प्रतिष्ठा रहेकोले तपाईले मतदान गरिदिनुहोस । तपाईलाई जो मन पर्छ उसैलाई मतदान गरि आफ्नो कर्तब्य पुरा गरिदिनुहोस् ।

अनि अर्का कुरा योजना, बिगत र उसको राजनीतिक प्रबृति हेरेर मत हालि दिनुहुन अनुरोध गर्दछु । म यति प्रतिबद्धता गर्दछु कि तपाईले मलाई भोट हालेर जिताई रहदा गलत गरेछु भन्ने भावना तपाईको मनमा १ मिनेट पनि आउन दिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर