लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार जिताउन अध्यक्ष दाहालको आग्रह — OSNepal

लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार जिताउन अध्यक्ष दाहालको आग्रह

LC (KTM) November 17, 2022 0

धरान-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

धरानको भानुचोकमा गठबन्धनले बुधबार आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै दाहालले माओवादी केन्द्रबाट उम्मेदवार बनेका मुक्सामहाङ मेन्याङ्बो युवा र केही गरौँ भन्ने हुटहुटी भएको उम्मेदारका रुपमा रहेको दाबी गर्नुभयो । उहाँले प्रदेशसभा १ (१) का उम्मेदवार कांग्रेसका उमेश थापा पनि मन्त्री हुनयोग्य भएको भन्दै आफ्नो पार्टीको नभए पनि उहाँलाई पनि प्रदेशको मन्त्री बनाउन सिफारिस गर्ने जानकारी दिनुभयो ।

उहाँले प्रदेशसभा १ (२) मा उम्मेदवार रहनुभएका रेवतीरमण राईलाई जिताएर पठाउन आग्रह गर्नुभयो । दाहालले मङ्सिर ४ को निर्वाचन अगाडि जाने विचार, प्रवृत्तिको गठबन्धनले जित्ने कि पछाडि फर्कने विचारधारा र प्रवृत्तिको गठबन्धनले जित्ने भन्ने जनमत सङ्ग्रह भएको बताउनुभयो । विचार पु¥याएर लोकतान्त्रिक वाम–गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।

उहाँले चुनावीसभालाई सम्बोधन गर्दै धरानका भूपूहरुको समस्या समाधान गर्ने, प्रमुखलाई पानीका लागि बजेट र योजना दिने केन्द्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । धरानको खानेपानी समस्या देशभरि नै जानकारी भएको भन्दै प्रमुख हर्क साम्पाङ पानीकै समस्या समाधान गर्छु भनेर प्रमुख बनेको भन्दै उहाँलाई धन्यवाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर