५ हजार मतान्तरले चुनाव जित्छु : श्रीनाथ बराल — OSNepal

५ हजार मतान्तरले चुनाव जित्छु : श्रीनाथ बराल

LC (KTM) November 17, 2022 0

पोखरा । नेकपा (एकीकृत समाजवादी) ले कास्की क्षेत्र नं २ का उम्मेद्वार हुन् श्रीनाथ बराल । पार्टीको पोलिटव्यूरो सदस्य समेत रहेका बराल गठवन्धनका तर्फबाट साझा उम्मेद्वार हुन् । श्रीनाथ एमाले कास्कीका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य थिए ।

उनले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कास्की २ बाट नेकपा ९एमाले० का नेता रवीन्द्र अधिकारीलाई बिजयी गराउनमा ठूलो हात छ । उनलाई रवीन्द्रका सिनियर पनि भनियो । दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि रवीन्द्र जिताउन उसैगरी श्रीनाथ नै लागिपरे। तर अहिले श्रीनाथ नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचन लड्दैछन् ।

उनको प्रतिस्पर्धा विद्या भट्टराईसँग हुँदैछ । सधैँ एमाले उम्मेदवार जिताउन लागि परेका श्रीनाथ अहिले ५ दलीय गठबन्धनका तर्फबाट एमालेलाई हराउन आफैं उठेका छन्। माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) यतिबेला विद्याको विपक्षमा हुँदा आफ्नो जित सहज भएको दाबी गर्छन् श्रीनाथ । रवीन्द्रले लगातार २ पटक र बामगठबन्धनका कारण पछिल्लो पटक उपनिर्वाचनमा विद्याले बाम गठबन्धनबाट नै चुनाव जितेको कास्की २ को विरासत जोगाउन यतिबेला एमालेलाई हम्मे पर्ने देखिन्छ। जसको छनक वैशाख ३० को स्थानीय निर्वाचनले पनि दिएको छ।

पोखरा महानगरको वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ रहेको उक्त क्षेत्रका ६ वटा वडामा कांग्रेस र ५ वटा वडाका वडाध्यक्ष एमाले उम्मेदवारले जितेका छन्। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार ८ मत पाएका छन् भने एमालेका वडाध्यक्ष उम्मेदवारले २१ हजार १०० मत पाएका थिए। यस्तै, एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले २ हजार ५३, माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८, राप्रपाका वडाध्यक्ष उम्मेदवारले २ हजार ७९ र अन्य उम्मेदवारले ७५० मत पाएका थिए। अहिले ५ दलीय गठबन्धनमा आवद्ध दलहरूले उक्त क्षेत्रका वडाध्यक्षमा पाएको मत जोड्दा विद्या करिब २ हजारले पछाडि छन्।

एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथले वैशाख ३० मा गठबन्धनका वडाध्यक्षले पाएका मत मात्र जोगाउन सके पनि करिब ५ हजार मतान्तरले जित्ने दाबी श्रीनाथको छ । उनी भन्छन् एमालेभित्र अन्तर्घात भएकाले गठबन्धनका पक्षमा धेरै मत खस्छ र मैले र्निाचन जित्छु । श्रीनाथ भन्छन् माओवादी र एकीकृत समाजवादीसहित कांग्रेसलगायत दल पनि आफ्नो पक्षमा रहेकाले चुनाव जित्न मलाई गाह्रो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर