मतदातासँग प्रदीपको झुकेको शिर : चुनाव जित्ने संकेत ! — OSNepal

मतदातासँग प्रदीपको झुकेको शिर : चुनाव जित्ने संकेत !

LC (KTM) November 17, 2022 0

उषा लामिछाने / काठमाडौँ । भनिन्छ फलेको बृक्ष निहुरिन्छ । उ झुकीरहन्छ । किनकी उ जिम्मेवारीमा हुन्छ भनेजस्तै प्रदीप एक बौद्धिक नेता भएर पनि उनी काठमाडौँ ५ का स्थानीयहरुसँग सँधै झुकीरहे । कहिल्यै एक्लै हिँडेनन् । कसैका दुखलाई पन्छ्याएनन् ।

युवा भएर पनि सबैको भलो होस् भन्ने सोचसहित अघि बढेका प्रदीप अहिले काठमाडौँ ५ का बासिन्दाहरुका माझ निकै लोकप्रिय छन् । उनी घर घरमा पुग्दा के बृद्धा के युवा के प्रौढ सबैले उनलाई अंकमाल गर्दै शुभकामना वर्षाए । यो क्रम पछिल्लो एक महिनादेखि जारी छ । प्रदीपको चर्चा देखेर विपक्षी नेता एमालेका उपाध्यक्षइश्वर पोखरेलको टिम अहिले दबाबमा छ । प्रदीप टेस्टेड एमाले नेता इश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धामा छन् । पौडेल आइतबार धापासी हाइटको क्षेत्रमा घरदैलो कार्यक्रममा ब्यस्त रहे ।

घरदैलो कार्यक्रममा जाँदा उनीसँग सेल्फी लिनेको उत्तिकै भीड देखिन्छ । घरदैलो कार्यक्रममा गएका पौडेल मात्र होइन अन्य उम्मेदवारसँग पनि स्थानीयले सेल्फी लिने गरेका छन् । जुन दृश्यहरु सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेका छन् ।

आइतबार नै धापासी क्षेत्रमा प्रदीप पुग्दा ८४ वर्षका एक बृद्ध मतदाताले उनलाई आर्शिवाद दिँदै भने ‘बाबु यहाँ सबैले धेरैथरी नारा दिए तर, तपाईलाई आर्शिवाद छ जितेर आएर यो क्षेत्रको अविभावक बन्नुहोस् ।’

उनले थप भनेका थिए, ‘तपाई भष्टाचार विरोधी नेता हुनुहुँदो रहेछ । मैले टिभीमा हेरेको । तपाईको विचार राम्रो लाग्यो । यहाँलाई मेरो शुभकामना छ ।’प्रदीपको अब्बल पक्षका रूपमा युवा उम्मेदवार र स्वच्छ छविलाई हेरिएको छ । पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार रहँदा पनि कसैलाई म प्रदीप पौडेल भनेर चिनाउनुपर्ने अवस्था छैन ।

प्रदीपलाई पार्टीको मत जोगाउन कुनै चुनौती देखिँदैन । सोही क्षेत्रबाट टिकट खोजेका स्वर्णिम वाग्ले पनि उनको प्रचारमा खुलेर लागेका छन् । यता विगतमा ईश्वरलाई नै पराजित गरेका नरहरि आचार्यसमेत अस्वस्थताका बीच प्रदीपको प्रचारमा जुटेका छन् ।

संघीय सांसद र स्थानीय तहबीच समन्वय हुन सकेन भन्ने गुनासो, अति सामान्य काम पनि भएन भन्ने गुनासो र जितेर गएका व्यक्ति फर्केर आएनन् भन्ने गुनासो त्यस क्षेत्रका मतदाताहरूले गरेको उनले बताए ।

यसैबिच नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ मा सत्तागठबन्धनका साझा उम्मेदवार गगन थापाले काठमाडौं ५ मा प्रदीप पौडेललाई भोट मागेका छन् । एक भिडियो सन्देश जारी गरी भोट माग्दै जिताएकोमा पछुतो मान्नुपर्ने अवस्था नआउने र यसको आफुले लिने बताएका छन् । उनले आफ्नो तीसवर्षे संगतबाट यसबारे जिम्मा लिएर भन्न सक्ने बताएका हुन्। ‘मैले ०४६ को जनआन्दोलनमा प्रदीपलाई भेटेको हुँ।

यो तीस वर्ष लामो सहकार्यका आधारमा म दाबीका साथ भन्न सक्छु– प्रदीपका विषयमा जिम्मेवारी लिएर कसैले भन्न सक्छ भने बोल्न सक्ने पात्र म हो,’ उनले भनेका छन्, ‘काठमाडौं ५ का मतदातालाई जिम्मा लिएर भन्छु, मैले प्रदीप पौडेललाई जिताएर गलत गरेछु भनेर एकजना मतदाताले एक दिन एक क्षण पनि पछुतो मान्नुपर्नेछैन।’
उनको उपस्थितिले मलगायत साथीहरूको थप आँट र हौसला बढ्नेछ भन्दै उनमा नयाँ कुरा सिक्ने, गर्ने र आफूले पाएको जिम्मेवारी जसरी पनि पूरा गर्नुपर्छ भन्ने प्रतिबद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर