लोकतन्त्र र संविधान जोगाउन पाँचदलीय गठबन्धन बनेको हो : वरिष्ठ नेता पौडेल — OSNepal

लोकतन्त्र र संविधान जोगाउन पाँचदलीय गठबन्धन बनेको हो : वरिष्ठ नेता पौडेल

LC (KTM) November 17, 2022 0

तनहुँ-नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाउनका लागि पाँचदलीय गठबन्धन बनेको बताउनुभएको छ । भानु नगरपालिका–११ रुपाकोटमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने बताउनुभयो । जिल्लाको सबै क्षेत्रमा आफ्नै सक्रियतामा सडक र बिजुली पु¥याएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “मलाई विजयी गराउनुहोस्, जिल्लाको विकासले काँचुली फेर्ने गरी काम गरेर देखाउँछु ।” कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार तनुहँु–१ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार अशोककुमार श्रेष्ठले विकास प्रेमी, त्याग, निष्ठा, आदर्शवान वरिष्ठ नेता पौडेललाई देशको भविष्य र देशको नेतृत्व गर्नसक्ने नेता भएकाले विजयी गराउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर