देशले स्थिरता खोजेको छ, गठबन्धनको जीत सुनिश्चित - झलनाथ खनाल — OSNepal

देशले स्थिरता खोजेको छ, गठबन्धनको जीत सुनिश्चित – झलनाथ खनाल

LC (KTM) November 17, 2022 0

फिक्कल – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धनको जीत सुनिश्चित भएको बताउनुभएको छ । इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार खनालले आज फिक्कलमा पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “देशव्यापीरुपमा गठबन्धनका उम्मेदवारको जीत पक्कापक्की जस्तै भएको छ ।”

नेपाली जनताले संविधानको रक्षा चाहेको बताउँदै खनालले पाँच वर्ष गठबन्धनको सरकार बन्ने बताउनुभयो । “देशले स्थिरता खोजेको छ । जनताले संविधानको रक्षा र अग्रगमन चाहेका छन् । मुलुकको चौतर्फी विकासका लागि गठबन्धनले देशभर विजय हासिल गर्दैछ ।”

उहाँका अनुसार अहिले गठबन्धन एकताबद्ध बनेको छ । “हाम्रासामु कुनै चुनौती छैनन् । पाँच वर्षमा मुलुकले काँचुली फेर्छ ।” यो निर्वाचन आफ्नो अन्तिम चुनावी लडार्इं भएको बताउँदै खनालले देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्नसमेत तयार रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर