अब बाइककै मूल्यमा यो चिटिक्कको कार पाइने — OSNepal

अब बाइककै मूल्यमा यो चिटिक्कको कार पाइने

LC (KTM) November 18, 2022 0

काठमाडौँ । तपाई गाडी किन्ने सोचमा हुनुहुन्छ र ठूलो रकम लाग्छ भन्ने डरले पर्ख र हेरको अवस्थामा हुनुहुन्छ भने तपाईका लागि खुशीको खबर छ । अब पाँच लाखमै यो चिटिक्कको विद्युतीय गाडी बिक्रिका लागि तयार छ ।

मुम्बईस्थित स्टार्ट(अप पिएमभीले इज(ई नामक नयाँ कम्प्याक्ट इभी सार्वजनिक गरेको हो । भारतीय बजारमा पिएमभी इलेक्ट्रिकले पहिलो कम्प्याक्ट विद्युतीय गाडी (इभी) सार्वजनिक गरेसँगै यो गाडढी कहिले नेपाल भित्रिन्छ भन्ने प्रतिक्षामा कैयौँ नेपालीहरु छन् ।

इज(ई भारतकै सबैभन्दा सस्तो गाडी हो। कम्पनीले इज(ईको बजार मूल्य जम्मा भारु चार लाख ७९ हजार रूपैयाँ तोकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । इज(ई मा ४८ भोल्टको ब्याट्री प्याक दिइएको छ।

यसमा ५० एनएम टर्क जेनेरेट गर्ने विद्युतीय मोटर जडान गरिएको छ। तीन रेन्जमा उपलब्ध हुने यो गाडीको बुकिङ पनि सुरू गरिसकिएको छ । इज – ई जम्मा ५ सेकेन्डमा शून्‍यदेखि ४० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गाडीको टप स्पीड ७० किलोमिटर प्रति घण्टाको रहेको छ। इज – ई जम्मा ५ सेकेन्डमा शून्‍यदेखि ४० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्छ । इज – ईलाई पूरा चार्ज हुन जम्मा चार घण्टा लाग्छ। यसको लम्बाई पनि जम्मा २,९१५ एमएम छ भने कुल तौल ५५० केजी रहेको कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर