पैसा बाँडेको आरोपमा पक्राउ परेका एमाले उम्मेदवार दीपक निरौलाले दिए यस्तो प्रतिक्रिया — OSNepal

पैसा बाँडेको आरोपमा पक्राउ परेका एमाले उम्मेदवार दीपक निरौलाले दिए यस्तो प्रतिक्रिया

LC (KTM) November 18, 2022 0

काठमाडौं । पैसा बाँडेको आरोपमा पक्राउ परेका एमाले उम्मेदवार दीपक निरौलाले काँग्रेसले समाज आतंकित पार्न खोजेको आरोप लगाएका छन् ।

उनले सामाजिक संजाल मार्फत आँफुले बिरामी रहेका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक कुरा निकालेर आतंकित गर्न खोजिएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जलमार्फत भनेका छन् ‘म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतङ्कित पार्ने कार्य नगरेको राम्रो हुन्छ’ ।

प्रहरी नियन्त्रणमा नै रहेका उनले सामाजिक संजाल मार्फत पैसा बाँडेको कुनै प्रमाण भए लिएर आउन पनि चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत अनावश्यक कुरा निकालेर काँग्रेसले आतंकित गर्न खोजिएको दाबी गरेका छन् । प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित ३ जनालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा पक्राउ गरकेो हो ।

पक्राउ पर्नेमा निरौलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल रहेको प्रहरीले जनाएको छ । समातिएका उनीहरू ३ जनालाई नै प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ । उनीहरुले पैसा बाँड्न लागेको सुराकीका आधारमा प्रहरीले पिछा गर्दै जाँदा हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल र काँग्रेका युवा नेता प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर