• २०७८ असार १ मंगलबार

धेरै पढिएको

पैदल हिँडदै गरेका दुई भारतीयलाई शंका लागेर प्रहरीले चक जाच गर्दा

पैदल हिँडदै गरेका दुई भारतीयलाई शंका लागेर प्रहरीले चक जाच गर्दा


  • ओएसनेपाल
  • बैशाख २५ २०७८, शनिबार
  • ७:०३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 56.5K
    SHARES

    कञ्चनपुर, २५ वैशाख- लागुऔषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नं सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजिस्थानका १६ वर्षीय कृष्ण सिंह रहेका छन् । दुवै जनाको साथबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com