मोवाइल मात्रै होइन यी बस्तुहरु बोकेर गएमा तपाईले मतदान गर्न पाउनु हुने छैन — OSNepal

मोवाइल मात्रै होइन यी बस्तुहरु बोकेर गएमा तपाईले मतदान गर्न पाउनु हुने छैन

LC (KTM) November 19, 2022 0

काठमाडौं : ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्यामेरा र मोबाइल निषेध गरिएको छ ।

निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको हो ।

आयोगका अनुसार मतदान केन्द्रमा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु लैजान पाइने छैन ।

मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा कारबाहीको चेतावनी दिइएको छ ।
मतदान केन्द्रभित्र क्यामरा वा मोबाइल लगेमा जफत गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर