घुमन्ते फोटोग्राफरका रुपमा देखा परिन् आस्था राउत — OSNepal

घुमन्ते फोटोग्राफरका रुपमा देखा परिन् आस्था राउत

LC (KTM) November 19, 2022 0

काठमाडौं । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोशिस गर’ सार्वजनिक भएको छ । गीतमा साबित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत, महाराज थापाको एरेन्ज तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।

गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ । दृष्टिविहिनको गीत गाउने चाहना, आत्महत्या गर्न तयार युवकले दृष्टिविहिनको गीत सुनेपछि आ त्मह त्या नगर्नु, गलत साथीको संगतमा परेका एक विद्यार्थीलाई सम्झाएपछि उसले खेल जित्नुलगायतका दृश्यलाई मार्मिक ढंगले भिडियोमा देखाइएको छ ।

भिडियोमा गायिका एक घुमन्ते फोटोग्राफरका रुपमा प्रस्तुत छिन् । जसले खिचेको भिडियो फुटेज हेरेर दृष्टिविहिन गायिकालाई संगीतकार सुरेश अधिकारीले गीत गाउन स्टुडियो बोलाएका छन् ।

गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ थिम बोकेको छ । ‘यो प्रेरणादायी गीत हो । यो गीतको भावमा जसले जे रंग पनि लगाउन सक्छ । त्यो आफ्नो बुझाईमा भर पर्ने हो’, आस्थाले भनिन् ।

भिडियोमा गायिका आस्था, ‘द भ्वाइस अफ नेपाल’की रिता राई, इश्वर लकाई खड्का, सरु दाहाल र खड्ग गन्धर्व फिचर्ड छन् ।गायिका आस्थाकै युट्युब च्यानल आस्था राउतबाट सार्वजनिक भिडियोमा शान थापाको निर्देशन, पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको सहायक निर्देशन र सरिता मगरको मेकअप छ । भिडियो लिंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर