वार्तामै मापसे गरी स्वास्थ्यकर्मीमाथि दु र्व्यवहार गरेपछि उपकुलपति गिरी सहित चार पदाधिकारीको कार्यकक्षमा लगाइयो ताला — OSNepal

वार्तामै मापसे गरी स्वास्थ्यकर्मीमाथि दु र्व्यवहार गरेपछि उपकुलपति गिरी सहित चार पदाधिकारीको कार्यकक्षमा लगाइयो ताला

LC (KTM) June 30, 2021 0

सुनसरी- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मी र निर्देशक डा। गौरीशंकर साहको कार्यकक्षमा प्रतिष्ठान सुधारको माग राख्दै १६ दिनदेखि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले तालाबन्दी गरेका हुन् ।

मंगलबार आन्दोलनरत पक्षसँग वार्तामा बसेका बेला उपकुलपति गिरीले मादक पदार्थ सेवन गरी स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेपछि प्रतिष्ठानमा तनाव उत्पन्न भएको थियो । गिरीलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाएका थिए ।

चारै जना पदाधिकारीलाई बर्खास्त गर्न र मन्त्री स्तरीय वार्ता टोली गठन गरी प्रतिष्ठानमा देखिएको समस्या समाधान गर्न संघर्ष समितिका अध्यक्ष डा। सुर्यप्रसाद रिमालले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका थिए । आन्दोलनरत प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी तथा विद्यार्थीहरूले बुधबार पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर