इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियालाई शृंखला — OSNepal

इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियालाई शृंखला

LC (KTM) November 20, 2022 0

काठमाडौं, ४ मंसिर- इ‌ंल्यान्डमाथि ७२ रनको सहज जित निकाल्दै अस्ट्रेलियाले शनिबार एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ ।सिड्नी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मिचल स्टार्क र एडम जाम्पाले समान चार विकेट लिएपछि अस्ट्रेलियाले एक खेल अघि नै शृंखला हात पारेको हो । बिहीबार पहिलो खेल अस्ट्रेलियाले ६ विकेटले जितेको थियो । अन्तिम खेल मंगलबार मेलबर्नमा हुनेछ ।

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ३५.५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८रन बनाएको थियो । इंग्ल्यान्डका विकेटकिपर–ब्याटर साम बिलिङ्सले ८० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले । यसैगरी जेम्स भिन्स ७२ बलमा तीन चौका र दुई छक्कासहित ६० रन बनाएर पेवेलियन फर्किँदा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन ।

त्यसअघि अस्ट्रेलियाका लागि ११४ बल सामना गरेका स्मिथले पाँच चौका र एक छक्कासहित ९४ रन बनाएका थिए ।आदिल राशिदको ४४औं ओभरको चौथो बलमा फिल साल्टको हातबाट क्याच हुँदा स्मिथ ६ रनले शतक बनाउनबाट चुके । यस्तै, मर्नुस लाबुस्चेनले ५५ बलमा चार चौका र एक छक्कासहित ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

अस्ट्रेलियाका लागि ५९ बल सामना गरेका मिचेल मार्स दुई चौका र दुई छक्कासहित अर्धशतक बनाएर पवेलियन फर्केका थिए । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन ।इंग्ल्यान्डका लागि राशिदले सर्वाधिक तीन तथा क्रिस वोक्स र डेविड विलीले दुईरदुई विकेट लिए । मोइन अलीले पनि एक विकेटमा नाम लेखाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर