चन्द समुहले मतपेटिका जलाएपछि चितवनमा हवाइ फायर — OSNepal

चन्द समुहले मतपेटिका जलाएपछि चितवनमा हवाइ फायर

LC (KTM) November 20, 2022 0

चितवन, ४ मंसिर :

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा मत पेटिका जलाएपछि प्रहरीले हवाइ फायर गरेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव समुहले मतपेटिका जलाए पछि प्रहरीले हवाइ फायर गरेको हो ।

राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन्। उनीहरुले ‘ख’ मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएको चितवनका डीएसपी सुदन आचार्यले सञ्चारकर्मीलाई जानकारी दिए ।

‘ मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ तर, मतपत्र भने जलेको छैन,’ आचार्यले भने । उनका अनुसार करिब ४५ मिनेट रोकिएको मतदान पुन: सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर