नेता झलनाथ खनालले गरे मतदान — OSNepal

नेता झलनाथ खनालले गरे मतदान

LC (KTM) November 20, 2022 0

फिक्कल-पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएपछि सञ्चारकर्मीसँग भन्नुभयो, “ मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।” उहाँ प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार हुनुहुन्छ ।

यो पनि:‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’-प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ । देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न पाउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले आज देशैभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिनुभयो ।

“आज देशभरको मौसम सफा रहेको छ । हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ, तर, त्यति धेरै असर हुने देखिँदैन । महाशाखाले आज दिनभरको मौसम सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न आग्रह गरेको छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफला रहने छ । सोही प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौँका न्यूनतम आठ दशमलव आठ र अधिकतमतापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर