गीतकार नारायण तथा निर्मात्री गंगाको अभिनयमा तयार भएको 'भो आँशु नझार'को भिडियो रिलिज — OSNepal

गीतकार नारायण तथा निर्मात्री गंगाको अभिनयमा तयार भएको ‘भो आँशु नझार’को भिडियो रिलिज

LC (KTM) November 20, 2022 0

काठमाडौँ । भेट भयो सोल्टिीनीसँग, चाइनेजो, लगायतका गीतका गीतकार नारायण कँडेलको आफ्नो अभिनय रहेको नयाँ गीत ‘भो आँशु नझार’को भिडियो सार्वजनिक भएको छ ।

बेलायतको रेडिगंमा करिब २ दशकदेखि परिवारसहित बस्दै आएका कँडेलकी पत्नि गंगा घिमिरे कँडेल पनि अभिनयमा रुची राख्छिन् । नारायण र गंगाको लामो समयदेखिको अभिनय गर्ने इच्छा ‘भो आँशु नझार’ले पुरा गरिदिएको छ । दशैँ तिहारको मौकामा नेपाल आएको अवसर पारेर यो जोडीले अभिनय गरेको भो आँशु नझार हालै रिलिज गरिएको छ ।

जसमा लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको छ भने रमेश कायस्थको संगीत रहेको छ । आशिष अविरलको एरेन्ज रहेको गीतको निर्देशन प्रकाश धितालले गरेका हुन् । भिडियोले प्रेम वियोगको कथालाई कलात्मक शैलीमा बोलेको छ । दु:ख पर्दा साथ छाड्नेहरुको पछिल्लो वास्तविकतालाई भिडियोमा जीवन्त शैलीमा देखाइएको ।

विकाश दाहालको सम्पान रहेको भिडियोको छायांकन बुद्ध एण्ड टिमले गरेको हो भने भिडियो काठमाडौँका रमणीय स्थानहरुमा छायांकन गरिएको हो । गीतकार नारायण कँडेलकै आफ्नै च्यानलबाट रिलिज गरिएको यो मर्मस्पर्शी भिडियो हेनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर