तीन दिन अघिदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवतीको हेलिकप्टरबाट उद्धार — OSNepal

तीन दिन अघिदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

LC (KTM) November 21, 2022 0

मान्म-कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो । तीन दिन अघिदेखि सुत्केरी व्यथाले थलिएकी भट्टराईलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।

यो पनि:दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै-दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन । जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईपु¥याउन बाँकी छ ।

उत्तरी हिमाली क्षेत्रमा पर्ने फक्क्ताङलुङ गाउँपालिकास्थित याङ्मा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतदान केन्द्रको मतपेटिका आइपुग्न बाँकी रहेको र आइसकेपछि मात्र गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो । यसअघि यी चारवटै केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी भएको थियो । तर अन्तिम समयमा हेलिकप्टर नआउने भएपछि मतपेटिका बोकेर ल्याउनुपर्ने हुँदा समय लाग्ने देखिएको योङ्याको भनाइ छ । अन्य सबै केन्द्रका मतपेटिका सदरमुकाम फुङ्ु्लिङमा ल्याइसकिएको छ ।

दुर्गम मानिने याङ्मास्थित मतदान केन्द्र सदरमुकामदेखि सबैभन्दा टाढाको केन्द्र हो । झण्डै चार हजार दुई सय मिटरको उचाइमापर्ने याङ्मा पुग्न कम्तीमा तीन देखि चार दिनसम्म लाग्ने गरेको छ ।

यसअघि सो केन्द्रमा मतदान गराउन गएको कर्मचारी सहितको टोली चार दिनमा मात्र पुगेको थियो । यहाँ जम्मा ६१ मतदाता रहेकोमा आइतबार भएको निर्वाचनमा १२ मत खसेको छ । ताप्लेजुङमा ५४.६८ प्रतिशत मतदान भएको प्रारम्भिक नतिजा छ । यहाँ कूल ८८ हजार दुई सय ८५ मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन् । यहाँ दुई वटा अस्थायीसहित एक सय २५ वटा मतदान केन्द्र थिए । सङ्घ र प्रदेशमा गरी जिल्लामा २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर