एक अर्काको मुखै हेर्न नचाहने ओली सरकारले अब खनालको सम्पुर्ण उपचार खर्च ब्यहोर्ने — OSNepal

एक अर्काको मुखै हेर्न नचाहने ओली सरकारले अब खनालको सम्पुर्ण उपचार खर्च ब्यहोर्ने

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ असार । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पुर्ण उपचार खर्च सरकारले ब्यर्होने भएको छ । मृर्गौलामा समस्या देखिएपछि उपचार गर्न भारतको नयाँ दिल्ली पुगेका खनालका उपचार खर्च प्रधानमन्त्री केपी ओली सरकारले ब्यहोर्ने भएको हो ।

कुनै बेला एक अर्काको मुख समेत हेर्न नचाहने पार्टीका अध्यक्ष समेत रहेका ओलीले पार्टी एकतासँगै खनालको उपचार पनि सरकारले गर्ने भएको जनाएका हुन् । आजको बसेको एमालेको कमिटीको बैठकमा ओलीले यस्तो निणर्य गरेका हुन् ।

उपचार गर्न दिल्ली जानु अगाडी पार्टी एकताको लागि ओलीको भुमिका महत्पपुर्ण भएको बताउँदै पार्टी एकताको लागि आग्रह गरेका खनालको इच्छा अब पुरा हुने अवस्थामा पुगेको देख्न सकिन्छ ।

पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार ‘बैठकले भारतमा स्वास्थ्य उपचार गराइरहेका पार्टीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको स्वास्थ्य लाभको कामना गर्नुका साथै उहाँको उपचार खर्चको जिम्मेवारी लिएकोमा सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई धन्यवाद दिने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर