ललितपुर १ मा नवराज सिलवाललाई पछि पार्दै कांग्रेसका राणा अघि — OSNepal

ललितपुर १ मा नवराज सिलवाललाई पछि पार्दै कांग्रेसका राणा अघि

LC (KTM) November 22, 2022 0

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले अग्रता लिएका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार णाले ८५९७ मत प्राप्त गर्दा सिलवालले ८४३१ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर १६६ छ ।

मतगणना सुरु भएदेखि नै नेकपा एमालेका उम्मेदवार नवराज सिलवालसँग पछि पर्दै आएका राणा पछिल्लो परिणाममा भने झिनो मत अन्तरले अगाडि आएका हुन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिन घिमिरेले १०६१ र राप्रपाका सन्दीप आचार्यले ७०६ मत पाएका छन् ।ललितपुर क्षेत्र नं। २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भइसकेका छन् भने क्षेत्र नं। ३ मा राष्ट्रिय स्वतन्त्र उम्मेदवार तोसिमा कार्की अगाडि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर