रुपन्देही-२ अपडेट: एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल ठूलो मतान्तरले पछाडी — OSNepal

रुपन्देही-२ अपडेट: एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल ठूलो मतान्तरले पछाडी

LC (KTM) November 22, 2022 0

बुटवल, ६ मंसिर :

रुपन्देही क्षेत्र नम्बर २ मा पछिल्लो मतपरिणाममा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल तीनसय मतले पछाडि परेका छन ।

घण्टी चुनाव चिन्हबाट उठेका गणेश पौडेलले २२ सय ४४ मत ल्याउँदा उिपाध्यक्षपौडेलले १९ सय ४४ मत ल्याएका छन् । त्यस्तै ,सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा (सूर्यवंशी) ले १४ सय ६१ मत मात्र ल्याएका छन् ।

त्यस्तै सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता लिएका छन् ।

डा.,राउतले ११ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८ सय ४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । वाम गठबन्धनका जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत प्राप्त गरेका छन् ।

सप्तरी-२ क मा जनमत पार्टीका सतिस सिंहले १० हजार ८ सय ३२ मत प्राप्त गरी पहिलो स्थानमा छन् । जसपाका शैलेन्द्र प्रसाद साह ५ हजार २ सय ८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ४ हजार १ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ९ हजार ७ सय ६१ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन् । वाम गठबन्धनका उमेश यादवले ५ हजार २ सय ७८ मत प्राप्त गरी दोस्रो स्थान बनाउँदा जसपाका लक्ष्मण यादव ४ हजार १ सय ७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर