रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घन्टी — OSNepal

रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घन्टी

LC (KTM) November 22, 2022 0

बुटवल, ६ मंसिर :

रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल तीन सय मतले पछाडि परेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अगाडि छन् ।

उनी २२ सय ४४ मतसहित अग्रस्थानमा रहँदा विष्णुले १९ सय ४४ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले १४ सय ६१ मत मात्र ल्याएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।

सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मतले हराएका हुन् । सिंहले ७ हजार १४३ मत पाउँदा मिश्रले ७ हजार १८ मतमा चित्त बुझाए ।

सिंहले ०७४ मा पनि मिश्रलाई ८१८ मतान्तरले हराएका थिए ।  मिश्र त्यसबेला विवेकशील साझाका उम्मेदवार थिए ।

सिंह यो क्षेत्रबाट चौथोपटक सांसद बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर