सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेतको अग्रता कायमै — OSNepal

सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेतको अग्रता कायमै

LC (KTM) November 22, 2022 0

सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले एक हजार ९ सय ५२ मतले अग्रता लिनुभएको छ ।

लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका बस्नेतले छ हजार पाँच सय ९२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले चार हजार छ सय ४० मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का युवराज दुलालले अग्रता लिनुभएको छ । दुलालले छ हजार छ सय ७२ मत पाउनुभएको छ भने नेकपा (एमाले)का अमान सिंह तामाङले चार हजार चार सय २९ मत पाउनुभएको छ । दुलालले दुई हजार दुई सय ४३ मतको अग्रता लिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर