दाङ- २ मा रेखा शर्माको अग्रता कायमै, १,८०९ मतले पोखरेल पछाडि — OSNepal

दाङ- २ मा रेखा शर्माको अग्रता कायमै, १,८०९ मतले पोखरेल पछाडि

LC (KTM) November 22, 2022 0

काठमाडौं, ६ मंसिर:दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले १८०९ मतान्तरसहित अग्रता कायम गरेकी छन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा ८ हजार ६१६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ६ हजार ८०७ मत प्राप्त गरेका छन् ।हाल यस क्षेत्रमा कूल २० हजार ६७८ मतगणना भएको छ । कूल १ लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार४४६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

यो पनि : रूपन्देही २ मा विष्णु पौडेलले लिए अग्रता:नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रूपन्देही २ मा पहिलो पटक अग्रता लिएका छन् ।

मतगणनाको सुरूवातदेखि पछाडि परेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पछि पार्दै अग्रता लिएका हुन् । विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् भने रास्वपाका गणेश पौडेलले ५ हजार १ सय ३६ मत ल्याएका छन् ।जनमुक्ति पार्टीका केशवबहादुर थापा मागरले ४ हजार ११ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर