तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलको अग्रता — OSNepal

तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलको अग्रता

LC (KTM) November 22, 2022 0

तनहुँ-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसले नेकपा (एमाले)लाई उछिनेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच सय ४४ मतले अग्रता लिनुभएको छ ।

आज साँझ ७ बजेसम्मको मतगणनाअनुसार नेता पौडेलले चार हजार सात सय ११ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले चार हजार एक सय ६९ मत पाउनुभएको छ ।

यस निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकोमा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ-१ प्रदेशसभा १ मा आठ हजार पाँच सय २९ मतगणना गर्दा कांग्रेसका अशोककुमार श्रेष्ठले तीन हजार छ सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर गुरुङले दुई हजार चार सय ९२ मत प्राप्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका विद्या ढकालले चार सय ४५ मत पाउनुभएको छ । तनहुँ-१ प्रदेशसभा १ तर्फ ३६ हजार तीन हजार ६५ मत खसेको छ ।

तनहुँ-१ प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमानले दुई हजार सात सय २६ मत पाउनुभएको छ । नेकपा एमालेका पूर्णबहादुर गुरुङले एक हजार पाँच सय दुई मत प्राप्त गर्नुभएको छ । तनहुँ-१ मा एक लाख २३ हजार चार सय ९० मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर