गठबन्धनका उम्मेदबार खेलप्रसादले पछि पारे योगेश भट्टराईलाई — OSNepal

गठबन्धनका उम्मेदबार खेलप्रसादले पछि पारे योगेश भट्टराईलाई

LC (KTM) November 22, 2022 0

ताप्लेजुङ । ताप्लेजुङमा कपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन् । उनलाई सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले पछि पारेका हुन् ।

एक हजार ४६३ मत गणना गर्दा बुढाक्षेत्रीले ७५५ मत पाएर अग्रता लिएका छन् । भट्टराईले ५६२ मत मात्रै पाएका छन् । मतपत्र संकलनमा समय लागेकाले ताप्लेजुङमा आजबाट मतगणना सुरु भएको हो । त्यस्तै सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले  ६ हजार १९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । नेपका एमालेका ताराकान्त चौधरी ३ हजार १ सय ११  मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अंसारी तेस्रो स्थानमा रहेका छन् ।

सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजु लाल चौधरीले २ हजार २ सय २५ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । जसपाका बालकिशोरले १ हजार २ सय ३० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । त्यस्तै  जनमत पार्टीका सुकदेव साहले ९ सय १८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर