उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी — OSNepal

उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

LC (KTM) November 22, 2022 0

काठमाडौं, ६ मंसिर:प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा पौडेललाई पराजित गर्दै रायमाझी सांसद निर्वाचित भएका हुन् ।विजयी भएका रायमाझी भएका रायमाझीले १५,२५१ मत प्राप्त गरे । यस्तै पराजित भएका खतिवडाले १२,८९३ मत पाएका छन् ।

यो पनि : कैलाली १ मा रञ्जिता श्रेष्ठको अग्रता कायमै :कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायम राखेकी छन् ।

हालसम्म भएको १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प्राप्त गरेकी छन् । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ८४७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर