बागलुङ- २ प्रदेशसभा २ मा कांग्रेसका कुँवर विजयी — OSNepal

बागलुङ- २ प्रदेशसभा २ मा कांग्रेसका कुँवर विजयी

LC (KTM) November 22, 2022 0

ढोरपाटन-बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी हुनुभएको छ । कुँवरले नेकपा (एमाले)का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७ मतान्तरले पराजित गर्नुभयो । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ हजार ७१ मत प्राप्त गर्नुभएको छ ।

नेपाल दलित पार्टीका टेकप्रसाद कामीले दुई सय ६४, मङ्गोल नेशनल अर्गनाइजेशनका ताराबहादुर घर्तीमगरले दुई सय ३१, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्तीले ३६, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले तीन सय ३६ र दुर्गादेवी घर्तीमगरले चार मत प्राप्त गर्नुभएको छ ।

निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्ने यस क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता रहेकामा २३ हजार तीन सय ३८ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर