एमालेका सर्वेन्द्र र काँग्रेसका भिमसेनलाई पछि पार्दै अघि लागिरहे घण्टीका शिशिर — OSNepal

एमालेका सर्वेन्द्र र काँग्रेसका भिमसेनलाई पछि पार्दै अघि लागिरहे घण्टीका शिशिर

LC (KTM) November 22, 2022 0

काठमाडौँ -काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राख्नुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केहीबेर अगाडि १६ हजार नौ सय चार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले छ हजार १४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी दिनुभयो ।

दोस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार आठ सय १९ मत प्राप्त गर्नुभएको छ । तेस्रोमा नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले तीन हजार आठ सय १० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खनालले बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६२ हजार एक सय दुई मतदाता रहेको यस निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर