मोरङ ५ (ख) बाट कांग्रेसका मण्डल निर्वाचित — OSNepal

मोरङ ५ (ख) बाट कांग्रेसका मण्डल निर्वाचित

LC (KTM) November 22, 2022 0

विराटनगर, ६ मंसिर- मोरङ–५ (क) बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले १४ हजार ८ सय ४३ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् । प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेसका महासमिति सदस्य हुन् ।

उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर