नेता महरद्धारा डडेल्धुरा अस्पताललालाई स्वास्थ्य सामग्री हस्तान्तरण — OSNepal

नेता महरद्धारा डडेल्धुरा अस्पताललालाई स्वास्थ्य सामग्री हस्तान्तरण

LC (KTM) June 30, 2021 0

डडेल्धुरा १६, असार- नेपाली कांग्रेसका युुवा नेता तथा नेपाल विधार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष नैनसिंंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।कोरोना भाइरसको सङ्क्रमण वढीरहेकै बेला नेता महरले सङ्घीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सनट्रेटर, सिलिण्डार, मास्क, ग्लोभ्स, फेससिल्ड, अक्सिजन मास्क, अक्सोमिटरजस्ता सामग्री हस्तान्तण गर्नुभएको हो ।

सो सहयोगले कोरोना महामारीको चपेटामा परेका बिरामीलाई राहत पुग्ने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो । कांग्रेस युवा नेता महरले सुदूरपश्चिमकै ठूलो उक्त अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो । विभिन्न संस्था र साथीको सहयोगमा सामग्री जुटाइएको महरले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर