बेल्जियमको विजयी सुरुआत — OSNepal

बेल्जियमको विजयी सुरुआत

LC (KTM) November 24, 2022 0

काठमाडौं, ८ मंसिर :क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले कतार फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । अहमद बिन अलि स्टेडियममा बुधबार राति मिसी बात्सुयीको निर्णायक गोलमा बेल्जियमले महत्वपूर्ण तीन अंक जोडेको हो । उनले खेलको ४४औं मिनेटमा गरेका गोल नै निर्णायक बन्यो ।

यस अघि खेलको ११औं मिनेटमा क्यानाडाका अल्फन्सो डाभिसले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । उनको पेनाल्टी बेल्जियम गोलरक्षक कोर्टुवाले बचाएका थिए । समूह एफमा जितसँगै बेल्जियमले तीन अंक जोडेको छ । क्यानाडाको कुनै अंक छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर