आइसियु नपाएर बुहारीको निधन भएपछि नारायणकाजीले आक्रोश पोख्दै भने,जनता ‘मारेर कसरी बस्‍न सकेको नालायक सरकार ? — OSNepal

आइसियु नपाएर बुहारीको निधन भएपछि नारायणकाजीले आक्रोश पोख्दै भने,जनता ‘मारेर कसरी बस्‍न सकेको नालायक सरकार ?

LC (KTM) May 13, 2021 0

काठमाडौं- आइसियु नपाएर बुहारीको दुखद निधन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सरकारसँग आक्रोशित बनेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै आक्रोश पोखेका हुन् । कोरोना विरुद्धको लडाइँमा सरकारले गैरजिम्‍मेवार र नालायकीपन देखाएको महामारीको बेलामा गर्न सक्‍ने काम पनि नगरेको भन्‍दै अब सबैजनाले आ(आफ्नो तर्फबाट कोभिडविरुद्धको लडाइँमा पहल गर्नु पर्ने बताएका हुन ।

उनले भनेका छन्, ‘ आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै म रिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नु परेको छ ।’

हिजो मात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा.संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्या न गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ। यसरी गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकाररु’ भन्दै प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर