आर्यन र मिरुनाको ‘चचहुई’ रिलिज गरिएको छोटो समयमा नै १२ लाख दर्शकले हेरे — OSNepal

आर्यन र मिरुनाको ‘चचहुई’ रिलिज गरिएको छोटो समयमा नै १२ लाख दर्शकले हेरे

LC (KTM) November 25, 2022 0

आर्यन र मिरुनाको ‘चचहुई’ ट्रेन्डिङको दुएई नम्बरमा, रिलिज गरिएको छोटो समयमा नै १२ लाख दर्शकले हेरे

काठमाडौं । चकलेटी नायक आर्यन सिग्देलको मुख्य अभिनय रहेको फिल्म ‘चचहुई’ युट्युबमा रिलिज गरिएको ३ दिनमा नै ट्रेण्डिगंमा उक्लिएको छ ।

आर्यनका अलावा अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘चचहुई’ यो समाचार तयार पार्दासम्म १२ लाख बढी दर्शकले हेर्दै ट्रेन्डिङको दुई नम्बरमा रहेको छ ।

साम्तेन भुटियाको निर्देशन रहेको फिल्म तीन वर्षअघि हलमा प्रदर्शनमा आएको थियो । फिल्ममा भोलाराज सापकोटा र माओत्से गुरुङ पनि शीर्ष भूमिकामा छन् ।

‘ओएरआर डिजिटल’ युट्युब च्यानलमा फिल्म उपलब्ध छ । अमृत घोले लामा यस फिल्मका निर्माता हुन् । हेर्नुहोस् पूरा फिल्म युट्युबमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर