सप्तरीबाट क्षेत्र नं ४ प्रदेशसभा (१) मा नेकपा (एस) का न्यौपाने पुनःनिर्वाचित — OSNepal

सप्तरीबाट क्षेत्र नं ४ प्रदेशसभा (१) मा नेकपा (एस) का न्यौपाने पुनःनिर्वाचित

LC (KTM) November 25, 2022 0

सप्तरी-सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी)का गोविन्दबहादुर न्यौपाने पुनःनिर्वाचित हुनुभएको छ । सप्तरी ४ (१) प्रदेशसभा सदस्यमा ११ हजार चार सय २९ मत ल्याएर न्यौपाने निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । न्यौपानेका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका नमेनदर पासवानले पाँच हजार पाँच सय ५८ मत ल्याउनुभयो । एमालेका बालकृष्ण चौधरीले पाँच हजार आठ मत ल्याउनुभयो ।

गत निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट १५ हजार एक सय १३ मत ल्याएर न्यौपाने विजयी हुँदा कांग्रेसका सीताराम साहले ११ हजार तीन सय ९५ मत ल्याउनुभएको थियो । हालसम्म यहाँका आठ प्रदेशसभा सदस्यमध्ये जनमत पार्टी चार, कांग्रेस, एमाले, नेकपा (एस) र स्वतन्त्रले एक÷एक स्थानमा विजयी हासिल गरेको छ ।

सप्तरीका चार प्रतिनिधिसभामा जसपा, जनमत र कांग्रेसका उम्मेदवार एक÷एक स्थानमा निर्वाचित हुनुभएको छ । बाँकी रहेको क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले १० हजार तीन सय ८० मतका साथ अग्रता बढाउनुभएको छ । चौधरीलाई जसपाका बालकिशोर यादवले आठ हजार चार सय १८ मतका साथ पछ्याइरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर