बिश्वकपमा इरानको पहिलो जित, वेल्स पराजित — OSNepal

बिश्वकपमा इरानको पहिलो जित, वेल्स पराजित

LC (KTM) November 25, 2022 0

इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ । आज भएको खेलमा वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले बिश्वकपमा पहिलो जित दर्ता गराएको हो । इरानका लागि रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोलको योगदान दिए ।

अहमद बिन अलि स्टेडियममा भएको रोमान्चक खेलमा दुबै गोल इरानले खेलको इन्जुरी समयमा गरेको हो ।खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २-० को रोमान्चक जित दिलाए ।

यस्तै खेलको ८६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेटिएको थियो । इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । जितसँगै इरानले २ खेलमा ३ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर