ब्राजिलका फरवार्ड नेयमारले दुई खेल गुमाउने , समर्थकहरु भए निराश — OSNepal

ब्राजिलका फरवार्ड नेयमारले दुई खेल गुमाउने , समर्थकहरु भए निराश

LC (KTM) November 25, 2022 0

ब्राजिलका फ्यानहरुलाई दुःखद खबर आएको छ । ब्राजिलका फरवार्ड नेयमारले कतार विश्वकप अन्तर्गत आउने दुई खेल गुमाउने भएका छन् । एन्कल चोटको कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् ।

सर्बियाविरुद्धको खेलमा नेयमार घाईते भएका थिए । चोटका कारण ३० वर्षीय नेयमार खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उनका फ्यान तथा समर्थकहरु निराश बनेका छन् ।

त्यस्तै इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ । आज भएको खेलमा वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले बिश्वकपमा पहिलो जित दर्ता गराएको हो । इरानका लागि रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोलको योगदान दिए ।

अहमद बिन अलि स्टेडियममा भएको रोमान्चक खेलमा दुबै गोल इरानले खेलको इन्जुरी समयमा गरेको हो । खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २-० को रोमान्चक जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर