इजरायल र प्यालेष्टाइनबीच तनाव भएपछि नेपालीहरुलाई घरबाहिर ननिस्की सुरक्षित बस्न राजदूत शाक्यको अपिल — OSNepal

इजरायल र प्यालेष्टाइनबीच तनाव भएपछि नेपालीहरुलाई घरबाहिर ननिस्की सुरक्षित बस्न राजदूत शाक्यको अपिल

LC (KTM) May 13, 2021 0

काठमाडौं-इजरायल र प्यालेष्टाइनबीच तना ब भएपछि इजरायलस्थित नेपाली राजदूत डा.अञ्जना शाक्यले नेपालीहरुलाई सुरक्षित रहन अपील गरेकी छन् । राजदूत शाक्यले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेकी हुन् ।

शाक्यले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘विगत केही दिनयता इजरायल र प्यालेष्टाइनबीच त नाव बढ्दै गएको छ । जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको छ, हिजो राति मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्र हार भएको छ, नेपालीहरू सुरक्षित रहनुहोला ।

’कुनै समस्या परेमा नेपाली दूतावास वा आफ्नो साथीभाई वा इजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न  अपील गर्नुका साथै साइरन बज्नासाथ घर भित्र भए बङ्कर, भर्‍याङ वा त्यस्तै सुरक्षित क्षेत्रमा जान तथा झ्याल नजिक नजान र घरबाहिर ननिस्कन समेत उनले अपिल गरेकी छन् ।अहिले पनि त्यहा इजरायल र प्यालेस्टाइनबीच हिं सात्मक भि डन्त जारी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर