डेब्यू फिल्म रिलिज नहुँदै सुनील शेट्टीका छोरालाई फिल्म अफरको ओइरो, ‘आशिकी ३’ मा पनि अभिनय गर्ने पक्का — OSNepal

डेब्यू फिल्म रिलिज नहुँदै सुनील शेट्टीका छोरालाई फिल्म अफरको ओइरो, ‘आशिकी ३’ मा पनि अभिनय गर्ने पक्का

LC (KTM) July 01, 2021 0

काठमाडौं-अभिनेता सुनील शेट्टीका छोरा अहान फिल्म ‘तडप’ बाट बलिउडमा डेब्यू गर्ने तयारीमा छन् । फिल्ममा अहान सँग ताराले जोडी बाधेकी छन् । फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भइसकेको छ । अहान फिल्मलाई लिएर निकै उत्सािहति भएका छन् । यसैबिच उनलाई ठूला ब्यानरबाट फिल्मको अफर आउन थालेको छ ।

उनलाई महेश भट्ट प्रोडक्सनको चर्चित फ्रेन्चाइज ‘आशिकी ३ का लागी साइन गरिसकेको बताइएको छ । फिल्मलाई मोहित सुरीले निर्देशन गर्नेछन् । ‘आशिकी’ को दुवै सिरिज सफल भएको थियो । विशेषगरी यो फ्रेन्चाइजका गीतसंगीतलाई दर्शकले निकै मन पराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर