पार्टी एकता देखि नयाँ सरकारको विषयमा छलफल गर्न ओली देखि प्रचण्ड सम्म पुगे बुढानिलकण्ठ — OSNepal

पार्टी एकता देखि नयाँ सरकारको विषयमा छलफल गर्न ओली देखि प्रचण्ड सम्म पुगे बुढानिलकण्ठ

LC (KTM) May 13, 2021 0

काठमाडाँै ३० बैशाख । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको लागि दिएको तिनको समय सीमा आज सकिँदै लाग्दा शिर्ष नेताहरुले आफ्नो भेटघाटलाई महत्व दिएका छन् । नेकपाका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोली र अर्का वरिष्ठ नेता माधव नेपाल निणार्यक वार्ता गर्न बुढानिलकण्ठको चपलीस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवासमा वार्ता सुरु गरेका छन् ।

यता, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच देउवा निवास बुढानिलकण्ठमा वार्ता सुरु भएको छ । नयाँ सरकार गठनको लागि लागि परेको अर्का जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने भक्तपुरको एक रिर्सोटमा आफु निकट सांसदहरुलाई लिएर भेला सुरु गरेका छन् । केह बेर अगाडी मात्र देउवासँग भेटवार्ता भएको महन्थले भेट लगत्तै आफु निकट सांसदहरुलाई डाकेका हुन् ।

कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न लागि परेको भएपनि जसपाबिचको विवादले गर्दा नेपमु समुहलाई लिएर अघि बढ्न लागेको कांग्रेसलाई अब फेरि नेपाल र ओलीको भेटले धक्का नपुग्ला भन्न सकिन्न । आफ्नो माग पुरा गरे सहमति गर्न सहमत हुने भन्दै आएको नेपाल समुहले ओलीलाई आफ्नो माग पुरा गर्न आज साँझ ४ बजे सम्मको समय सिमा दिएको छ । नभए र आफुहरु राजीनामा दिने भन्दै ओलीलाई चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर