विजयी उम्मेदवार विष्णुकुमार कार्कीलाई ३१ किलोको माला लगाएर स्वागत — OSNepal

विजयी उम्मेदवार विष्णुकुमार कार्कीलाई ३१ किलोको माला लगाएर स्वागत

LC (KTM) November 28, 2022 0

नवलपरासी-नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई सोमबार कावासोतीमा ३१ किलोको माला लगाएर स्वागत गरिँदै । तस्बिरः विष्णुप्रसाद गौडेल÷रासस

यो पनि:लघुवित्त कम्पनीको नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन-नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै ‘घ’ वर्गका इजाजतपत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गरेको जानकारी गराएको हो । उक्त निर्देशनको बुँदा नं १३ मा लघुवित्त वित्तीय संस्थाले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउनेछन् भन्ने व्यवस्था गरिएको छ ।

उक्त बुँदामा रहेका अन्य दुई वटा व्यवस्थालाई भने हटाइएको छ । उसअघि लघुवित्त कम्पनीले वितरण गर्ने नगद लाभांश उनीहरुको बचत–निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था थियो । त्यस्तै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा कम भएका लघुवित्तले कर प्रयोजन बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था पनि हटाइएको छ ।

‘वार्षिक २० प्रतिशतभन्दाबढी नगद वा बोनस लाभांश वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने’ व्यवस्थालाई भने यथावत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर