पाकिस्तानको तालिबान समूहद्वारा युद्धविराम अन्त्य — OSNepal

पाकिस्तानको तालिबान समूहद्वारा युद्धविराम अन्त्य

LC (KTM) November 28, 2022 0

इस्लामाबाद – पाकिस्तानको तालिबान समूहले गत जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । साथै उक्त समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ ।विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले त्यसका विरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध विराम अन्त्य गरेको विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस् – बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विदेशी मुद्राको घट्दो सञ्चितिलाई संरक्षण गर्न विलासी वस्तुको आयातमा रोक लगाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । यद्यपि उहाँले थप अत्यावश्यक वस्तुआयात गर्नुपर्नेमा भने जोड दिनुभएको छ । बङ्गलादेशको राजधानी ढाकामा आइतबार भएको सचिवस्तरीय बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो ।

बैठकपछि बङ्गलादेशी मन्त्रीपरिषद्का सचिव खान्दकर अनवारुल इस्लामले प्रधानमन्त्रीको निर्देशनबारे पत्रकारलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री हसिनाले देशको वाणिज्य मन्त्रालयलाई ४० वटा विलासिताका सामानको आयातलाई निरुत्साहित गर्न र विदेशी मुद्रा बजारमा डलरको तरलता सुधार गर्न आयात शुल्क बढाउन आग्रह गर्नुभएको थियो ।

बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति नोभेम्बर २३ मा ३४.१० अर्ब अमेरिकी डलर पुगेको छ, जुन नोभेम्बर १७ मा ३४.३० अर्ब अमेरिकी डलरबाट कम भएको बङ्गलादेश बैंक (बीबी) को पछिल्लो तथ्याङ्कले देखाएको छ ।यस पृष्ठभूमिमा, बङ्गलादेशको केन्द्रीय बैंकले अमेरिकी डलरको तुलनामा बङ्गलादेशी मुद्रा टाकाको विनिमय दर परिवर्तन गर्ने विचार गरिरहेको छ । यसको अर्थ आर्थिक वर्षको अन्त्यसम्ममा अमेरिकी डलरको कारोबार विद्यमान एक अमेरिकी डलर बराबर ९८ टाकाबाट कारोबार १०० टाकामा पुग्नेछ ।

समष्टिगत आर्थिक स्थायित्वका लागि गम्भीर खतरा उत्पन्न हुने चुनौतीको सामना गर्न बङ्गलादेश सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत विश्वका ऋणदाताहरुसँग ऋणका लागि सम्पर्क गरिसकेको छ ।आइएमएफले बहुप्रतिक्षित ४.५ अर्ब अमेरिकी डलर को ऋण सहायता जारी गर्न मार्ग प्रशस्त गर्न बङ्गलादेशसँग कर्मचारीस्तरको सम्झौता भएको पुष्टि गरेको छ ।

प्रधानमन्त्री हसिनाले गत महिना बङ्गलादेशमा रहेका सबैलाई सम्भावित विश्वव्यापी अनिकाल वा खाद्य सङ्कटबाट देशलाई जोगाउन खाली सबै जमिनमा खेती गर्न र थप खाद्यान्न उत्पादन गर्न एकसाथ काम गर्न आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर