जितेर पनि घर फर्कनु पर्ने उरुग्वेको पीडा , घाना २-० ले पराजित — OSNepal

जितेर पनि घर फर्कनु पर्ने उरुग्वेको पीडा , घाना २-० ले पराजित

LC (KTM) December 02, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वेले जित हाँसिल गरे पनि घर फर्कनु परेको छ । यो समुहबाट दक्षिण कोरियाले पोर्चुगललाई हराउँदै ४ अंक सहित गोल अन्तरको आधारमा नकाउट चरण प्रबेश गरेपछि उरुग्वे बाहिरिनु परेको हो ।

अल जानुब स्टेडियममा केहिबेर अघि सम्पन्न खेलमा उरुग्वेले घानालाई २-० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा दुबै गोल जर्जियन डी अरेस्काटाले गरे । खेलको २१ औं मिनेटमा घानाका आन्द्रे एयु पेनाल्टीमा चुके । उनको प्रहार उरुग्वेका गोलकिपर सर्जियो अल्भारेजले बचाए ।

तर, खेलको २६ औं मिनेटमा अरेस्काटाले गोल गर्दै उरुग्वेलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ३२ औं मिनेटमा अरेस्काटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए । घानालाई पराजित गरेपनि उरुग्वे नकआउट चरणमा पुग्न असफल भएको छ ।

समूह एच मा उरुग्वेले ३ खेलमा ४ अंक जोड्यो । उरुग्वे तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै घाना पनि प्रतियोगिताबाट बाहिरिएको छ ।घानाले ३ खेलमा ३ अंक जोड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर