पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते — OSNepal

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

LC (KTM) December 03, 2022 0

नान्जिङ-पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दिउँसो ४-५० बजे आगलागी भएको थियो । उद्धारपछि दुर्घटनास्थलमा फसेका सात जनालाई अस्पताल लगिएको थियो । पाँच जनाको आकस्मिक उपचारको क्रममा मृत्यु भएको छ भने अन्य सामान्य घाइतेको उपचार जारी छ । जुझाउको नगरपालिका सरकारले दुर्घटनाको बारेमा अनुसन्धान गर्न टोली गठन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर