रिसोर्टमा मृत फेला परेका मिडिया काउन्सिलका अध्यक्ष शिवहरीको शव पोष्टमार्टमको लागि लगिँदै — OSNepal

रिसोर्टमा मृत फेला परेका मिडिया काउन्सिलका अध्यक्ष शिवहरीको शव पोष्टमार्टमको लागि लगिँदै

LC (KTM) December 03, 2022 0

मलङ्गवा- मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई सर्लाहीको लालबन्दी-१३ स्थित बास बसेको रिसोर्टमा शनिबार मृत फेला पर्नुभएपछि शव पोष्टमार्टमको लागि लगिँदै । तस्बिर ः विश्वनाथ ठाकुर, रासस

यो पनि:मनाङमा शून्य लैङ्गिक हिंसा-हिमाली जिल्ला मनाङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लैङ्गिक हिंसाको उजुरी परेको छैन । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन् । गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ आचार्यले लैङ्गिक हिंसाका उजुरी कम पर्ने जिल्लाको रूपमा मनाङ पर्ने जानकारी दिनुभयो ।

“यहाँ महिलाप्रधान समाज छ । गाउँमा घटेका कतिपय घटना गाउँघरमै मिलाउनुपर्छ भन्ने मान्यता छ”, उहाँले भन्नुभयो ।
प्रहरी नायव उपरीक्षक प्रेम सागर केसी गाउँमै मिलापत्र गर्ने र नसक्ने अवस्थामा मात्रै प्रहरीलाई गुहार्ने गरिएको बताउनुहुन्छ । “प्रहरीसम्म उजुरी एकदमै न्यून आउने गरेको छ”, उहाँले भन्नुभयो । कतिपय घटना समाजमै लुकेर रहने उहाँको भनाइ छ । समय समयमा यस्ता घटना उजागर गर्न, पीडितलाई न्याय, पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले सचेतनाको कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रमका सहभागीले जिल्लामा हिंसाका घटना सार्वजनिक हुन नसकेको अवस्था रहेकाले चेतना अविवृद्धिको खाँचो रहेको औँल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर