प्रहरीका असइको कोरोनाका कारण दुखद नि धन — OSNepal

प्रहरीका असइको कोरोनाका कारण दुखद नि धन

LC (KTM) May 13, 2021 0

काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको नि धन भएको छ । वैशाख १८ बाट महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार गराइरहेका पुरीको बिहीबार विहान नि धन भएको हो । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए ।अपराध महाशाखामा आउनुअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए । उनको निधनले परिवार शोकमा रहेको छ ।

यो पनि पढ्नुहोस- आइसियु नपाएर बुहारीको नि धन भएपछि नारायणकाजीले आक्रोश पोख्दै भने, जनता ‘मारेर’ कसरी बस्‍न सकेको नालायक सरकार ? – आइसियु नपाएर बुहारीको दुखद नि धन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सरकारसँग आक्रोशित बनेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै आक्रोश पोखेका हुन् । कोरोना विरुद्धको लडाइँमा सरकारले गैरजिम्‍मेवार र नालायकीपन देखाएको महामारीको बेलामा गर्न सक्‍ने काम पनि नगरेको भन्‍दै अब सबैजनाले आ-आफ्नो तर्फबाट कोभिडविरुद्धको लडाइँमा पहल गर्नु पर्ने बताएका हुन ।

उनले भनेका छन्, ‘ आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नु परेको छ । ’हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा.संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ। यसरी गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकाररु’ भन्दै प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर