नाम चाहि मुला तर अनेक रोगको फर्मुला — OSNepal

नाम चाहि मुला तर अनेक रोगको फर्मुला

LC (KTM) December 05, 2022 0

यतिबेला मुलाको सिजन रहेको छ । मुलालाई तरकारी, अचार तथा सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ । वास्तवमा मुला एकदमै फाइदाकारी तरकारीको रुपमा लिने गरिन्छ । यसले शरीरको पाचन प्रणाली मजबुत राख्छ भने शरीरमा पानीको मात्रालाई समेत परिपुर्ति गर्दछ ।

त्यसैले आज हामी तपाई लाई मुलाको फाईदा र यसमा पाइने भिटामिनको बारेमा जानकारी दिदै छौ । मूलाको प्रमुख बिशेषता नै पेटमा भएका बिकार लाई पचाएर पेट सफा राख्ने हो। मुलालाई सलादको रुपमा तपाईं नियमित मूला खानुहुन्छ भने तपाईंले आफ्नो पेट हल्का अनुभव गर्नुहुनेछ ।

यतिमात्र हैन मुलाले कब्जियत, पायल्स र मलद्वारसम्बन्धी समस्या हुनेहरुका लागि पनि फाईदा पुग्ने गर्दछ । अन्य सागसब्जीको तुलनामा मूला सजिलै पच्ने खानेकुरामा पर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले यसले खानेकुरा सजिलै पचाउँछ । यसको सेवनले पाचन प्रक्रियालाई राम्रो बनाएर कब्जियत र पायल्सको समस्या पनि कम गर्ने चिकित्सकहरुको भनाई छ ।

मुलामा सबैभन्दा बढी फाइबर, खनिज र भिटामिनको मात्रा पाईने गर्दछ । यसमा फोलिक एसिड तथा एन्थोस्यानिन्स प्रशस्त मात्रामा पाइन्छ जसले शरीरलाई राम्रोसँग काम गर्नमा मद्दत गर्नुका साथै अन्य थुप्रै फाइदा पुर्‍याउँछ ।मुला मधुमेहको समस्यामा मूला उपयोगी साबित भएको छ ।

मूलामा हुने फाइबरले रगतमा सुगरको मात्रा कम गर्ने काम गर्छ । त्यस्तै यसले छालालाई नरम बनाइराख्न सहयोग गर्छ । मूलाको दैनिक सेवनले वजन घटाउने, मांसपेशी मजबुत बनाउने, कलेजो स्वस्थ राख्ने र रोग प्रतिरोधी क्षमता पनि बढाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर