बिश्वकपको साबिकको उपबिजेता क्रोएशिया र जापानको एक एक गोलको बराबरी , खेल जारी — OSNepal

बिश्वकपको साबिकको उपबिजेता क्रोएशिया र जापानको एक एक गोलको बराबरी , खेल जारी

LC (KTM) December 05, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत पहिलो खेलमा अहिले जापान र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ । अल जानुब स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा दक्षिण एशियाको पावर हाउस मानिएको जापानले १-० गोलको अग्रता बनाएको छ । खेलको ४३ औं मिनेटमा डाईजेन मेडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका हुन् ।

त्यस्तै दोस्रो हाफको ५५ औ मिनेटमा क्रोएशियाका पेर्सिकले बराबरी गोल फर्काएका छन् ।जापानले यस पटकको बिश्वकपमा आफ्नो चमत्कारीक खेल प्रर्दशन गरिरहेको छ । उपाधीका दाबेदार मानिएका शक्तिशाली टिमलाई समेत पराजित गरिरहेको छ । जापान र क्रोएशिया बिचको दोस्रो हाफको खेल चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर