आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा नामिबिया संग स्कटल्याण्ड ३ विकेटले पराजित — OSNepal

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा नामिबिया संग स्कटल्याण्ड ३ विकेटले पराजित

LC (KTM) December 06, 2022 0

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजको आफ्नो तेस्रो एकदिवसीय खेलमा घरेलु टोली नामिबियामाले स्कटल्याण्डलाई पराजित गरेको छ । युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आज भएको खेलमा स्कटल्याण्डलाई घरेलु टोली नामिबियाले ३ विकेटले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको २ सय ९ रनको लक्ष्य घरेलु टोलीले ४४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । घरेलु टोलीको जितमा जान निकोलले ९६ बलमा अविजित ६७ रनको अर्धशतकीय ईनिङ खेले । हेलाओ नफिदी या फ्रान्सले ५५ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेले । स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा ब्राण्डन म्याकमुलनले २ विकेट लिए । सफियान सरिफले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा अलआउट हुदै २ सय ८ रनको योगफल तयार पारेको थियो । जर्ज मुन्सि र ब्राण्डन म्याकमुलनले अर्धशतक बनाए । म्याकमुलनले ५६ तथा मुन्सिले ५१ रन बनाए । नामिबियाका रुबेन ट्रम्मपेलम्यानले ४ तथा तान्गेनी लुन्गामेनी र बर्नार्ड शोल्ट्जले समान २-२ विकेट लिए । जेजे स्मिथ र हेलाओ नफिदी या फ्रान्सले समान १-१ विकेट लिए ।

जितसँगै नामिबियाको २९ खेलमा ३५ अंक रहेको छ । नामिबिया अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्याण्डको भने ३१ खेलबाट ४४ अंक भएको छ । स्कटल्याण्ड अंक तालिकाको र्शीष स्थानमा रहेको छ । नेपाल २२ खेलमा १८ अंकका साथ सात राष्ट्र रहेको विश्वकप लिग टूमा छैठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर